रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाले निर्माण जिम्मेवारी पाएको काठमाडौं–तराई/मधेस द्रुतमार्ग (एक्सप्रेस वे) बारे चासो व्यक्त गरेका छन् ।
सोमबार जंगीअड्डा पुगेका उनले त्यस्तो चासो व्यक्त गरेका हुन् । रक्षामन्त्री भएपछि परम्परागत रूपमा जंगीअड्डा पुगेर सेनाका गतिविधिबारे जानकारी लिएपछिको अन्तक्र्रियामा बहुचर्चित दु्रतमार्ग र अन्य विकास निर्माण तथा शान्ति सेनामा हासिल गरेका उपलब्धिबारे पोखरेलले चासो व्यक्त गरेका थिए ।
पोखरेलले जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्न सुझाव दिएको सैन्य स्रोतले बतायो । प्रधानसेनापति राजेन्द्र क्षत्रीले दु्रतमार्ग निर्माण कार्य समयमा सम्पन्न गर्ने प्रतिबद्धता सुनाएका थिए ।
‘सर्वत्र चासो र चिन्ताको विषय बनेको राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस दु्रतमार्ग आयोजना रक्षा मन्त्रालयलगायत सरोकारवाला निकायहरूको सद्भाव सदाझै प्राप्त भएमा समयसीमाभित्र पूरा हुनेछ,’ प्रधानसेनापतिलाई उद्धृत गर्दै सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
रक्षामन्त्रीलाई स्वागत गर्दै क्षत्रीले नेपाली सेना राष्ट्रसंघअन्तर्गत अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहभागी भएबाट नेपालको परराष्ट्र नीतिमा टेवा पुगेको बताएका थिए ।, यो खबर आजको कान्तिपुरमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २२ फागुन २०७४, ०८ : ०४
लेखकबाट थप