काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्ने नाममा झडप हुनसक्ने खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरपालिका क्षेत्रभित्र ५ जना भन्दा बढी मानिस भेला हु्न नपाउने गरी आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले शुक्रबार एक आदेश जारी गर्दै बिहन ५ बजेदेखि बेलुका १० बजेसम्म भेला हुन रोक लगाइएको बताएका छन् । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम आदेश जारी गरिएको छ । बिहीबार मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि शुक्रबार कर्फ्यू ओदश भएको थियो ।
नयाँ नियमअनुसार शनिबारदेखि २६ गतेसम्म रातो मच्छिन्द्रनाथ रहेको आसपास क्षेत्र पूर्वमा मदनस्मारक स्कुल अगाडिदेखि चोक, पश्चिममा महानगरपालिकाको कार्यालय, दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तरमा बखुण्डोल चोक को सीमा तोकेर ५ जना बढी भेला हुन नपाइने भनिएको छ । यस्तै मीन नाथको रथ रहेको आसपास क्षेत्रमा पनि सोही नियम लागू गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० भदौ २०७७, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाईसेन्स र ब्लूबुक नियन्त्रणमा लिने ट्राफिकको कदम विरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी