काठमाडौं । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु हुनाका साथै ७९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
सो अवधिमा महोत्तरीबाट तीन तथा बारा र सिरहाबाट एकएक गरी पाँच जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले आज जानकारी गराएको छ । प्रदेशबाट अहिलेसम्म कोरोनाको सङ्क्रमणबाट ७७ जनाको मृत्यु भइसकेको छ ।
सो अवधिमा सप्तरीबाट ६, सिरहाबाट दुई, धनुषा, महोत्तरी र सर्लाहीबाट १९÷१९, रौतहटबाट २०, बाराबाट पाँच र पर्साबाट एक गरी ७९ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
आज थपिएका सङ्ख्यासमेत गरी प्रदेशमा सङ्क्रमितको सङ्ख्या नौ हजार ६३० पुगेको छ । तीमध्ये आज १५२ जना उपचार गराई निको भएर घर फर्केका छन् । अब उपचार गराई निको भएर घर फर्केनेहरुको सङ्ख्या चार हजार ६४८ पुगेको छ ।
प्रदेशअन्तर्गतका १९६ वटा क्वारेन्टिनमा ७९५ तथा होम क्वारेन्टिनमा दुई हजार ५९१, आइसोलेशनमा एक हजार ५८ र होम आइसोलेशनमा तीन हजार ८४७ जना रहेको सो मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १२ भदौ २०७७, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा 'केपी' भेरियन्ट पुष्टि
सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम बढ्दै