कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । बुधबार कैलालीका २ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ११ पुगेको हो ।
मृतक मध्ये अछामका १, बझाङ्गका २, बाजुराका २ र कैलालीका ६ जना रहेको सामाजिक बिकास मन्त्रलायले जानकारी दिएको छ । त्यसैगरी कोरोना निको हुनेको संख्या ४ हजार ७७५ पुगेको छ ।
हालसम्म ५६ हजार ७७१ जनाको पिसिआर बिधिबाट परीक्षण ५ हजार ५१० मा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । जसमा १ हजार ५७० जनाको स्वाब नतिजा आउन बाँकी रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ भदौ २०७७, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै