एसईई नजिकै आइसक्दा जिल्लाका विद्यार्थीले बिजुली अभावमा पर्याप्त तयारी गर्न सकेका छैनन् । यहाँ डेढ दिन बिराएर बिजुली आउँछ, त्यो पनि जम्मा एक घन्टा ।
जयपृथ्वी नगरपालिका र आसपासका करिब ३ हजार घरधुरीलाई विद्युत सेवा उपलब्ध गराइरहेको सुर्मा देवी विद्युत प्रालीले एसइईको मुखैमा लोडसेडिङ अवधी बढाएर ३६ घन्टा पुर्याएको छ ।
विद्युतगृहमा पानीको मात्रा घटेर पर्याप्त विद्युत् उत्पादन हुन नसकेकाले लोडसेडिङ अवधि बढाइएको कम्पनीले जनाएको छ । ‘दिनकै २–३ सेन्टिमिटर पानी घटिरहेको छ,’ कर्मचारी सुरेन्द्रबहादुर सिंहले भने, ‘त्यसैले लोडसेडिङ अवधी अझै बढ्न सक्छ ।’
विद्युत प्राधिकरणको स्वामित्वमा रहेको २ सय किलोवाट बिजुली भाडामा लिएर संचालन गरिरहेको सुर्मादेवीले ३६ घन्टापछि लगातार ३ घण्टा विद्युत् दिने तालिका सार्वजनिक गरे पनि तोकिएअनुसार हुन नसकेको कर्मचारी स्विकार्छन् । ‘तिन घण्टा विद्युत आपुर्ति गर्ने सुचना निकालिए पनि पावरहाउस १ घण्टाभन्दा बढी चल्न सक्ने अवस्था छैन ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २१ फागुन २०७४, ०८ : ४६
लेखकबाट थप