काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, १६ : ४४
काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

उनका अनुसार काठमाडौं जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।