कोरोना अपडेट : थप ८ जनाको मृत्यु, ७४३ जना संक्रमित भेटिए, १७५ जना निको भए

सफल खबर संवाददाता

सोमबार, ०८ भदौ २०७७, १६ : ३८

काठमाडौं । नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृतकहरुमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीय महिला, रुपन्देहीकी ६७ महिला र रुपन्देहीका ३८–५३–५४ वर्षीय तीन पुरुष रहेका छन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १५७ पुगेको छ । यस्तै आज थप ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १७५ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । जसमध्ये १८ हजार ८०६ जना निको भएर घर फर्किएका छन् ।