आजबाट एनएमबी बैंक र कन्चन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु

सफल खबर संवाददाता

आइतबार, ०७ भदौ २०७७, ११ : ४७
आजबाट एनएमबी बैंक र कन्चन डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु

काठमाडौं । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेर आजदेखि एकीकृत कारोबार सुभारम्भ गरेको छ । दुवै एक भएपछि अब एनएमबि बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । बैंकको मुख्य कार्यालय साबिककै स्थान बबरमहल, काठमाडौंमा छ ।

मर्ज पश्चान बैंकको चुक्तापुाजी रु. १४ अर्ब ४५ करोड पुगेको छ । यस्तै, शाखा संख्या १८६, विस्तारित काउन्टर ६ र एटीएम बुथ १३५ पुगेको छ ।

एकीकृत वित्तीय कारोबारको थालनीसँगै, एनएमबि बैंकको सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको चिनारी समेत बलियो रुपमा स्थापति हुनेछ बताइएको छ ।

प्रतिक्रिया दिनुहोस