एनएमबी बैंकले यो वर्ष लाभांश नबाँड्ने, एक सञ्चालक परिवर्तन

सफल खबर संवाददाता

आइतबार, २३ मंसिर २०८१, ११ : ४३
एनएमबी बैंकले यो वर्ष लाभांश नबाँड्ने, एक सञ्चालक परिवर्तन

काठमाडौँ । एनएमबी बैंकले यो वर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले यो वर्ष शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनी सचिव प्रमोदकुमार अग्रवालका अनुसार बैंकको उक्त निर्णय राष्ट्र बैंकबाट स्वीकृति लिइ आगामी साधारणसभामा प्रस्तुत हुनेछ ।  शुक्रबारको बैठकले एक सञ्चालक परिवर्तनको निर्णय समेत गरेको छ ।

बैंकमा कर्मचारी सञ्चय कोषका तर्फबाट प्रतिनिधित्व गर्ने जीवनकुमार कटवाल ठाउँमा ठाकुरजंग थापालाई प्रतिनिधित्व गरी पठाउनेगरी कोषको पत्र अनुसार सञ्चालक समिति बैठकले सञ्चालक परिवर्तनको निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस