काठमाडौँ । सरकारले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि ‘नो अबजेक्सन (एनओसी ) लेटर’ नदिँदा सयौं विद्यार्थीको उच्च शिक्षा हासिल गर्ने प्रक्रिया रोकिएको छ।
बेलायत, अमेरिका, जापान, जर्मनी, नेदरल्याण्डलगायत देशका विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्न ‘अफर लेटर’ (स्वीकृति पत्र) प्राप्त गरेका विद्यार्थी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘एनओसी लेटर’ जारी नगर्दा भर्ना हुन पाएका छैनन्।
‘सेप्टेम्बर इनटेक’ का लागि भर्ना र भिसा आवेदन गर्न विदेशी विश्वविद्यालयबाट अफर लेटर पाइसके पनि मन्त्रालयले एनओसी लेटर जारी नगर्दा भविष्य नै बिग्रन लागेको गुनासो सम्बन्धित विद्यार्थीको छ।
कलेज भर्नाका लागि विद्यार्थीले बैंकबाट ५० लाख रुपैयाँसम्म ऋण लिएको तर सरकारले एनओसी पत्र नदिँदा आर्थिक, सामाजिक र मानसिक समस्या भोग्नुपरेको विद्यार्थी बताउँछन्। विदेशी विश्वविद्यालयले कोरोना महामारीमा पनि विद्यार्थी भर्ना रोकेका छैनन्।
अमेरिका, अस्ट्रेलिया, जापान, डेनमार्क, जर्मनी, नेदरल्यान्ड, बेलायतलगायत मुलुकका केही विश्वविद्यालयले भर्ना लिएर अनलाइन कक्षा पनि सुरु गरिसकेका छन्। तर सरकारले अहिलेसम्म एनओसी लेटर नदिँदा नेपाली विद्यार्थीको सिट गुम्ने खतरा बढेको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०५ भदौ २०७७, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनओसीको अध्यक्षमा तीनजनाले दिए उम्मेदवारी
श्रम स्वीकृति भएका नेपालीलाई भारतीय विमानस्थलबाट विदेश जादा एनओसी नचाहिने
श्रम स्वीकृति भएका नेपालीलाई भारतीय विमानस्थलबाट विदेश जादा एनओसी नचाहिने
विदेशमा पढ्न एक लाख १२ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी