काठमाडौँ । नेपाल ओलम्पिक कमिटि (एनओसी)को अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि पछिल्ला वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठसँगै वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठ र तेजबहादुर गुरुङले दाबेदारी दिएका हुन् ।
एनओसीको आगामी चार वर्षे कार्यकालको लागि आउने शनिबार निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि ३ जनासँगै कूल २३ जनाको उम्मेदवारी परेको छ । जसमा अध्यक्ष र उपाध्यक्ष पद बाहेक बाँकी सबै पदमा निर्विरोध हुने भएको छ ।
१९ सदस्यीय कार्यसमितिका लागि सोमबार राती सम्म अनलाइनमार्फत कुल २३ जनाको मनोनयन दर्ता भएको छ । ७ उपाध्यक्ष पदको लागि ९ जनाको उम्मेदवारी परेको छ । जसमा दीपक हर्ष बज्राचार्य, ज्योति राणा, गोपाल सुन्दर लाल कक्षपति, प्रकाश शम्शेर राणा, दावा गुरुङ, अनिल प्रसाद शर्मा, तुल्सी थापा, अशोक रत्न बज्राचार्य र चतुरानन्द राज वैद्यले मनोनयन दर्ता गराएका छन् ।
उपाध्यक्षमा दुईजनाको नाम फिर्ता लिएर निर्विरोध गराइने तयारी पनि भइरहेको छ । उम्मेदवारी फिर्ता लिनका मंगलबार लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ पुस २०८१, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम स्वीकृति भएका नेपालीलाई भारतीय विमानस्थलबाट विदेश जादा एनओसी नचाहिने
श्रम स्वीकृति भएका नेपालीलाई भारतीय विमानस्थलबाट विदेश जादा एनओसी नचाहिने
विदेशमा पढ्न एक लाख १२ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी