नेपाल प्रहरीमा संक्रमितको संख्या ७४१ पुग्यो

सफल खबर संवाददाता

विहीबार, ०४ भदौ २०७७, १४ : १४
नेपाल प्रहरीमा संक्रमितको संख्या ७४१ पुग्यो

काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । प्रहरीमा दुई डीआईजीसहित ७४१ संख्या पुगेको छ । जसमध्ये ४५७ जना सक्रिय संक्रमित रहेका छन् । २८४ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत १६९ र उपत्यकाका ३८ जना सक्रिय संक्रमित भएका हुन् । प्रदेश १ मा २९, प्रदेश २ मा ६२, वाग्मती प्रदेशमा ४८, गण्डकीमा ४३, प्रदेश ५ मा ५५, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ६ जना सक्रिय संक्रमित रहेका छन् ।

देशका अन्य क्षेत्रमा भन्दा काठमाडौंमै कार्यरत प्रहरीमा संक्रमण बढी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस