मृत्यु पश्चात सप्तरीमा एक युवकमा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, ०४ भदौ २०७७, १० : २८
मृत्यु पश्चात सप्तरीमा एक युवकमा कोरोना संक्रमण पुष्टि

सप्तरी । मृत्यु भईसकेपछि सप्तरीमा एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिन अघि मृत्यु भएको सप्तरीको राजविराज नगरपालिका ४ का २८ वर्षीय युवक केही दिनअघि बिरामी परेका थिए।

रुघाखोकी, श्वासप्रश्वासमा समस्या भएपछि मंगलबार राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो। उपचारका क्रममा मंगलबार नै मृत्यु भएको थियो।

मृत्युपछि गरिएको कोरोना परीक्षणमा पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ। त्यस्तै, प्रदेश २ मा कोरोनाबाट अहिलेसम्म ४८ जनाको ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस