उपत्यकाका थप ३ स्थानमा ट्राफिक लाईट सञ्चालनमा आयो

सफल खबर संवाददाता

मंगलबार, ०२ भदौ २०७७, १८ : ०४
उपत्यकाका थप ३ स्थानमा ट्राफिक लाईट सञ्चालनमा आयो

काठमाडौँ । काडमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन थप ३ स्थानका ट्राफिक लाईट सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महाशाखाको सहकार्य र ललितपुर महानगरपालिकाको सक्रियतामा पुल्चोक र हरिहर भवनको ट्राफिक लाईट नयाँ जडान गरेको र अल्का अस्पताल अगाडिको ट्राफिक लाईट मर्मत गरी सञ्चालनमा ल्याइएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम ढकालले दिए । उनले उपत्यकाको अन्य स्थानहरूमा पनि स्थानिय तहसँग समन्वय गरी ट्राफिक लाईट जडान गर्न पहल भईरहेको बताए । 

ट्राफिक लाईट सञ्चालन आएका स्थानहरूका ट्राफिक लाइटको पूर्णपालना गरिदिन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले अनुरोध गरेको छ ।

विगत ९ वर्षदेखि बिग्रेर रहेका सिंहदरबार, पद्मोदय (अनामनगर जाने चोक), पद्मोदय (सभागृह जाने चोक), पुतलिसडक, नयाँ बानेश्वर, पुरानो बानेश्वर, सुविधानगर, गौरीगाँउ, मुनिभैरव, कालिमाटी चोक, कालिमाटी शालिक, नयां ठिमी चोक, गौशाला, मित्रपार्क, नारायणगोपाल चोक, परोपकार, टंकेश्वर, महापाल (ललितपुर) का ट्राफिक लाईट यसअघि नै सञ्चालनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस