संक्रमित परिवारका ७ जनालाई कोरोना

सफल खबर संवाददाता

मंगलबार, ०२ भदौ २०७७, १५ : १०
संक्रमित परिवारका ७ जनालाई कोरोना

काभ्रे ।  धुलिखेल अस्पतालमा मृत्यु भएका बृद्धको परिवारका ७ जनालाई पनि संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट धुलिखेल नगरपालिका–७ का ९८ वर्षका बृद्धको धुलिखेलमा उपचारका क्रममा मृत्यु भएको थियो ।

काठमाडौंको नयाँ बानेश्वरमा बस्दै आएका उनको पिसाब बन्द हुने समस्या भएपछि साउन २७ गते धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालमा स्वाब लिएर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि परिवारका सदस्यहरुको परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको छ ।

घरमा काम गर्ने एक जनाबाहेक अरुको रिपोर्ट पोजेटिज आएको छ ।

प्रतिक्रिया दिनुहोस