कोरोना संक्रमणबाट काभ्रेमा पनि एक बृद्धको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०२ भदौ २०७७, १० : २४
कोरोना संक्रमणबाट काभ्रेमा पनि एक बृद्धको मृत्यु

काभ्रे । कोरोना कहरले देश नै आक्रान्त बनाईरहेको बेला काभ्रेमा पनि कोरोना संक्रमणबाट एक बृद्धको मृत्यु भएको छ ।

उपचारको क्रममा कोरोना संक्रमित धुलिखेलका अस्पतालमा ९८ वर्षीय वृद्धको मृत्यु भएको हो । उनलाई साउन २७ गते कोरोना संक्रमण पुष्टि थियो । काभ्रेमा कोरोना संक्रमणबाट हाल सम्म २ जनाको मृत्यु भएको छ । जिल्लामा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस