लहान । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि सिरहा नगरपालिका र औरही गाउँपालिकाले गरेको खर्चमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ ।
सिरहाको औरही गाउँपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र राहत वितरणका नाममा अनियमितता गरेको भन्दै स्थानीयवासीको व्यापक विरोधपछि आयोगले छानबिन शुरु गरेको हो । सो गाउँपालिकाले कोरोना नियन्त्रण, रोकथाम तथा राहतका लागि गरेको खर्चसम्बन्धी कागजात नियन्त्रणमा लिएर छानबिन शुरु गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीका सूचना अधिकारी मणिराम ज्ञवालीले जानकारी दिए ।
औरही गाउँपालिकाले कोरोना नियन्त्रणका लागि गरेको खर्चमा अनियमितता भएको भन्दै स्थानीय युवाले केही दिनअघि प्रदर्शन गरेका थिए । यसअघि अख्तियारले कोरोना नियन्त्रणका लागि भएको खर्चमा अनियमितता हुनसक्ने भन्दै केही दिनअघि सिरहा नगरपालिकाबाट समेत कागजात नियन्त्रण लिएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०१ भदौ २०७७, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली प्रमाणपत्र पेस गर्ने प्रशिक्षकविरुद्ध मुद्दा दायर
बी.पी. कोइराला क्यान्सर अस्पतालका वरिष्ठ सहायकविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारलाई हर्क साम्पाङको जवाफ: श्रमदान अभियानको खेदो नखन्नु, तिर्खाएका मानिसहरूको श्राप लाग्ला
तत्कालीन गाविस सचिव अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
प्रमुख प्रशासकीय अधिकृत सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर