धनुषामा तीन दिनअघि मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

आइतबार, ३२ साउन २०७७, १५ : ००

 

 

जनकपुरधामा । धनुषामा तीन दिनअघि मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै धनुषामा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

जनकपुरधामस्थित काब्य हस्पिटलमा उपचार गराइरहेका जनकपुरधाम उप महानगरपालिका १६ निवासी पुरुषको गत शुक्रबार मृत्यु भएको थियो ।

४३ वर्षीय पुरुषको मृत्यु भएपछि अस्पतालमै स्वाब संकलन गरी शव परिवारजनको जिम्मा लगाइएको थियो । परिवारले शव लिएर अन्तिम संस्कारसमेत गरिसकेको अवस्थामा आइतबार राति मृतक पुरुष कोरोना संक्रमित भएको पुष्टि भएको हो । 
 

प्रतिक्रिया दिनुहोस