कोरोना संक्रमितको मृत्युपछि शव पाउन काठमाडौंको अस्पताललाई २६ लाख दिनुपरेको खुलासा

सफल खबर संवाददाता

आइतबार, ३२ साउन २०७७, १२ : २७
कोरोना संक्रमितको मृत्युपछि शव पाउन काठमाडौंको अस्पताललाई २६ लाख दिनुपरेको खुलासा

काठमाडौं । काठमाडौंको एक अस्पातलमा कोरोना संक्रमितको उपचारमा २६ लाख रुपैयाँ तिर्नुपरेको खबर आएको छ । 

यसलाई सरकारले पुष्टि नगरे पनि बरिष्ठ जनस्वास्थ्य चिकित्सक तथा पोषणविद अरुणा उप्रेतीले एक अस्पतालले कोरोना संक्रमितको उपचारमा २६ लाख रुपैयाँ लिएको आफूलाई जानकारी आएको बताएकी छन् । 

१२ दिन भेन्टिलेटरमा राखेको उक्त संक्रमितको निधन पनि भएको र नेपाली सैनिकले विद्युतीय शवदाह गृहमा लगेर अन्त्येष्टि गरेपछि परिवारलाई खरानीमात्रै दिएको डा। उप्रेतीले फेसबुकमा लेखेकी छन् ।

तर, उनले कुन अस्पताल र कसले दिएको विस्तृतमा केही खुलाएकी छैनन् । डा। उप्रेतीले फेसबुकमा लेखेको एक दिन वितिसक्दा पनि यसबारे खण्डन गर्ने गरी सरकारी कुनै धारणा आएको छैन ।

‘मलाई कोरोनाको सक्रमण भएर हस्पिटल जानु पर्‍यो भने त शायद घर मै मर्छु होला, काठमाडौंको एक ठूलो अस्पातलमा मेरो एक चिनेको मानिसलाई कोरोना भएर भेन्टिलेटरमा १२ दिन राखेको, २६ लाख लियो रे। । उनको जीवन पनि रहेन, एक रातमा २६ लाख अस्पातललाई दिएपछि मात्र लाश दिए, सैनिकहरु आएर लगे र बिद्युत शवदाह गृहमा लगे । परिवारलाई “खरानी“ दिए’, उनले लेखेकी छन्, ‘यात्राो पैसा कसरी परिवारले पायो होला ? त्यत्रो पैसा कसरी तिरेको होला ?“ एक महिलाले भनेको कुरा सुनेर मलाई लाग्यो गरीब त कोरोनाभि संक्रमित भएर उपचार गराउन सक्ने अवस्था छैन । एक महिलाको कुरा सुनेर मलाई पनि सोच मग्न बनएको छ । कोरोना लागे अस्पातल गएर २६ लाख कसरी तिर्ने ?’

सरकारले सावधानी नअपनाए अस्पताल र चिकित्सक अभाव हुने चेतावनी दिँदै आएको छ । अहिलेसम्म कोरोना संक्रमितको उपचार निःशुल्क भइरहेको सरकारले दावी गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस