काठमाडौँ । एक व्यवसायीलाई मुद्दा परेको भनी धम्क्याई रु पाँच लाख ठगी गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–४ घर भई तारकेश्वर नगरपालिकास्थित नेपालटारमा बस्दै आएका शङ्करप्रसाद अधिकारी रहेको सिआइवीका प्रमुख सहकुल थापाले जानकारी दिए । उनका अनुसार अधिकारीले आलोचना साप्ताहिकको संवादताता रहेको बताएका छन् ।
काठमाडौंका एक व्यवसायीलाई अख्तियारमा मुद्दा परेको र उक्त मुद्दा सदर भई पक्राउका लागि सिआइवीमा पत्राचार भएको भनी मुद्दा हेर्ने सिआइवीका अधिकारीलाई रु पाँच लाख दिए मुद्दा ढुस ९रद्द० हुने बताउँदै ठगी गर्न खोजेको आरोप उनीमाथि छ ।
उनलाई आज काठमाडौं महानगरपालिका–३ बसुन्धराबाट पक्राउ गरिएकामा निजले अन्य व्यक्तिलाई समेत विभिन्न बहानामा ठगी गरेको आशङ्कामा थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा पठाइएको सिआइवीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३० साउन २०७७, १८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको आरोपमा २ जना पक्राउ
अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
पोर्चुगल र जापान पठाइदिने बहानामा ठगी गरेको अभियोगमा दुई जना पक्राउ
युके पठाइदिने भन्दै साढे ३७ लाख ठगी
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ