आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

पत्रपत्रिकाबाट

शुक्रबार, १८ फागुन २०७४, ०८ : ३८
आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी तयारी अगाडि बढाएका छन् । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ । दुई दलले संघीय समाजवादी फोरमलाई समेत सरकारमा सहभागी गराएर सम्भव भए आइतबार नै सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् ।

तीन दलबीच संविधान संशोधनमा सहमति गर्दै सरकारमा सहभागी हुने विषयमा हस्ताक्षर गर्ने तयारीसाथ शनिबारका लागि बैठक बोलाइएको प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । सत्तारुढ दल र फोरमबीच बिहीबार नै सहमतिमा हस्ताक्षर गर्ने र फोरम सरकारमा सहभागी हुने बताइएको थियो ।

तर, फागु पर्वमा नेताहरू व्यस्त बनेपछि तीन दलबीच बिहीबार थप छलफल हुन सकेन । बैठकमा फोरमले पार्टीभित्र सल्लाह गर्न बाँकी रहेको बताएपछि तीन दलबीच शनिबार पुनः बैठक बसेर टुंग्याउने समझदारी भएको छ ।

प्रतिक्रिया दिनुहोस