प्रचण्ड र नेपालसँग ओलीको छुट्टाछुट्टै डिल, दुवैजनालाई अध्यक्षको प्रस्ताव

प्रचण्ड भेट्दा, महाधिवशेनबाट तपाई एकल अध्यक्ष, माधवलाई छोडनसु्, नेपालसँग भेट्दा, महाधिवेशनबाट तपाई एकल अध्यक्ष, प्रचण्डको हातमा पार्टी जान रोकौं

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०७७, ०८ : ५०
प्रचण्ड र नेपालसँग ओलीको छुट्टाछुट्टै डिल, दुवैजनालाई अध्यक्षको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी ओली एउटै कार्डले पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसाग दोहोरो खेल खेलिरहेका छन् । उनले पार्टीभित्र प्रचण्ड र वरिष्ठ नेता नेपाल बीचमा अविश्वास र फुट पैदा गर्ने र सम्बन्धमा ब्रेक लगाउने उद्येश्यले दोहोरो चालबाजी शुरु गरेका हुन् । प्रचण्डलाई भेट्दा ओलीले माधवको पनि कुरा गरेर हुन्छ, तपाई र म मिलौं भैसी तान्दा जुम्रा आफै आईहाल्छन्, मिलेर जाऔं, महाधिवशेनबाट तपाई नै एकल अध्यक्ष बन्ने हो, म सहयोग गर्छु भन्न थालेका छन् । 

त्यही कुरा उनले वरिष्ठ नेता नेपालसँग पनि गर्न थालेका छन् । तपाई र म मिलौं, पूर्व एमालेहरुका बीचमा एकता कायम गरौं, जबज अगाडी बढाऔं, पूर्व माओवादी त्यसमा पनि प्रचण्डको हातमा पार्टी जाने वातावरण बन्न नदिऔं, ओलीले वरिष्ठ नेता नेपालसँग पनि प्रस्ताव गर्न थालेका छन् ।  कुरा हो, साउन ३ र साउन ९ गतेको । साउन ३ मा सचिवालय बैठक बस्नु अगाडी ओलीले प्रचण्डलाई आफनो राजीनामाको विषय छोड्न भन्दै छिटो महाधिवेशन गरेर आफु नेतृत्व सहज हस्तान्तरणको पक्षमा रहेको र महाधिवेशनबाट एकल अध्यक्ष बनाउन तयार रहेको बताएका थिए ।

त्यही प्रस्ताव नेपालसँग पनि ओलीले गरेका छन, साउन ९ मा । दिउँसो प्रचण्डसँगको छलफलमा कुरा नमिलेपछि ओलीले गत साउन ९ गते अबेर राती वरिष्ठ नेता नेपाललाई बालुवाटार बोलाएर प्रचण्डको हातमा पार्टी नेतृत्व जानबाट बचाउन दुई नेता मिलौं भन्ने प्रस्ताव गरेका थिए । नेपालसँगको भेट गोप्य राखिएको थियो । यो न बालुवाटारले खुल्ला गरयो, न वरिष्ठ नेता नेपालले नै ।  नेपालले महाधिवशेन आयोजक समितिको संयोजक बनाउन र महाधिवशेनबाट एकल अध्यक्षमा सहयोग गर्न तयार रहे आफु महाधिवशेनमा जान तयार रहेको भन्दै ओलीसँग प्रस्ताव राखेको बालुवाटार स्रोतले सार्वजनिक गरेको छ ।

तर यस विषयमा नेपालले केही बताएका छैनन् । प्रचण्डसँग पनि प्रधानमन्त्री ओलीले माधवबाट पार्टी नचल्ने, तपाईलाई अध्यक्ष बनाउन आफु तयार रहेको भन्दै प्रस्ताव गरिरहेका थिए । प्रधानमन्त्री दोहोरो चालबाजीमा हुनुहुन्छ भन्ने देखिएकै हो, फेरि उहाँले प्रचण्ड र नेपालका बीचमा वन्दै गएको सम्बन्ध भत्काउन प्रयास गरेको देखिएको छ, नेपाल निकट एक स्थायी समिति सदस्यले सफलखबरसँग भने, उहाँ (प्रधानमन्त्रीको योजना र चालबाजी नेताहरुले बुझ्नु भएको छ । त्यसमा कोही पनि फस्नुहुन्न ।

आज बोलाईएको स्थायी समिति बैठक पनि स्थगित गर्ने रणनीतिमा रहेका ओलीले प्रचण्ड र नेपाल समुहका नेताहरु अब बैठक नरोकि पार्टी बैठक अगाडी बढाउने, नियमित एजेण्डामै बैठक फर्काउने गरी तयारी गरेपछि दुई नेताबीच नै अविश्वास पैदा गराउन सकिन्छ की भनेर नेपालसँग ओलीको ९ साउनमा भएको छलफलको विषय सार्वजनिक गरिदिएका हुन् । तर नेपाल र प्रचण्ड बीच यो भेटघाटका विषयमा एक अर्काका वीचमा छलफल भईसकेकोले यसले सम्बन्धमा कुनै खटपट ल्याउन नसक्ने नेपाल निकट ति स्थायी समिति सदस्यको भनाई छ । 

ओली आफनो सत्ता बचाउका लागि जहिल्यै अनेक योजनामा लागेका देखिन्छन् । उनले कहिले वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अगाडी ल्याए, कहिले उनै वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउन पार्टीले गरेको सर्वसम्मत निर्णयमा टाँग हाल्ने काम गरे । कहिले अर्ली महाधिवेशनको प्रस्ताव अगाडी सारेर अगाडी आएका छन त कहिले के तुरुप फालेर अगाडी आउने प्रयास गरिरहेका छन् । अहिले उनले मंसिरमा सम्भव नै नहुने महाधिवेशनको फन्डा अगाडी सारेर आएका छन् । 

प्रधानमन्त्री ओली पार्टीभित्र आफुमाथी आइलाग्न सक्ने जोखिमबाट बच्नका लागि बैठक छल्ने, आफुइतर समुहका नेताहरुलाई एक्लाएक्लै बोलाएर भेट्ने, फकाउने, गलाउने र तर्साउने रणनीति सम्ममा लागेका छन् । अहिले सहमति नजुटे फेरि पार्टी विभाजन हुन सक्ने देखि संसद विघटन गर्नेसम्मको धम्की पार्टी नेताहरुलाई एकल रुपमा भेट गर्दा दिन थालेका छन् । उनको यो अस्त्रले प्रचण्ड नेपाल समुहका बीचमा वनेको गठवन्धन कति भत्काउन सक्छन् ? त्यो भने हेर्न उनको पार्टीभित्रै उठेको राजीनामाको विषयले कसरी बैठान लिन्छ, त्यही आधारमा थाहा हुने देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस