थप १०६ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको कुला सँख्या १३ हजार नाघ्यो

सफल खबर संवाददाता

शनिबार, १० साउन २०७७, १६ : २३

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०६ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १३ हजार ५३ पुगेको छ ।