काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार देशभरको मौसम सामान्य बदली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको र नेपालको दक्षिण भागमा न्यून चापीय क्षेत्र रहेकाले मौसम बदली भएको हो ।
अहिले देशभर सामान्य बदली रही अहिले थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० साउन २०७७, ०८ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी प्रदेशमा वर्षादेखि हिमपातसम्मको सम्भावना
आजको मौसम : सातै प्रदेशमा सामान्य वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा हल्का वर्षादेखि हिमपातको सम्भावना