वीरगञ्ज । नारायणी अस्पतालमा मृत्यु भएका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका अनुसार मृत्युपछि कोरोना पुष्टि भएका व्यक्ति वीरगञ्जका ७० वर्षका पुरुष हुन् ।
ती पुरुष श्वासप्रश्वासको समस्या लिएर साउन ५ गते एड्भान्स मेडिकेयर नामका निजी अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि उक्त अस्पतालले ६ गते नारायणी अस्पतालको व्यवस्थापनमा सञ्चालित कोभिड अस्पतालमा रेफर गरेको थियो । ती पुरुषको उपचारका क्रममा ६ गते बेलुका ४ बजे नै मृत्यु भएको थियो ।
अस्पतालले कोरोनाको आशंका गर्दै नमूना संकलन गरी उनको शव कोरोना व्यवस्थापन निर्देशिका अनुसार अस्पतालमै राखेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ साउन २०७७, १५ : १३
लेखकबाट थप