वीरगंजमा कोरोना संक्रमित एक बृद्धको मृत्यु, नेपालमा कुल मृतकको संख्या ४३ पुग्यो

सफल खबर संवाददाता

विहीबार, ०८ साउन २०७७, ०९ : ३४
वीरगंजमा कोरोना संक्रमित एक  बृद्धको मृत्यु,  नेपालमा कुल मृतकको संख्या ४३ पुग्यो

वीरगञ्ज । मृत्यु भएपछि गरिएको परिक्षणमा वीरगंजमा एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचारत वीरगञ्ज माइस्थानका ७० वर्षिय बृद्धको साउन ६ गते निधन भएको थियो ।  

उनको मृत्यु पछि संक्रमण भए नभएको जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएका छ ।  वृद्धको मृत्यु भएपछि गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको डा. उदय नारायण सिंहले जानकारी दिए । मृत्यु लगत्तै स्वाब संकलन गरी पीसीआर परीक्षण भएकोमा बुधबार राति पोजेटिभ देखिएको हो । 

स्वास स्वासप्रस्वासमा समस्या उनलाई अस्पताल भर्ना गरिएको थियो । मृतक वृद्धको शव अहिले गण्डक अस्पतालमै राखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या ४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस