कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, नेपालमा कुल मृतकको संख्या ४१ पुग्यो

सफल खबर संवाददाता

बुधबार, ०७ साउन २०७७, ०९ : ५६
कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, नेपालमा कुल मृतकको संख्या ४१ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।  धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत प्रदेश २ महोत्तरीका  ६० वर्षीय एक पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानको कोभिड कक्षमा उपचाररत उनको  गए राति मंगलबार राति मृत्यु भएको हो । 

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतक झा साउन ३ गते कोरोना संक्रमित भई गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका थिए। मृतक झालाई अस्पतालमा भर्ना गर्दा परिवारले  घरमा असार २८ गतेबाट उच्च ज्वरो आएको र नघट्दा थप उपचारको लागि प्रतिष्ठान ल्याएका थिए ।

साउन ३ गते भर्ना गरिएसँगै मृतक झाको स्वाब नमूना परीक्षण गरिएको र साउन ४ गते कोभिड–१९ संक्रमण पुष्टि भएको डा. सापकोटाले बताए । झाको मृत्यु भएसँगै अन्तिम संस्कारका लागि  शव राती नै सरकारी टोलीले लगेको छ । यससँगै मुलुकमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या ४१ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस