काठमाडौं । सरकारले नेपालको अन्तर्राष्ट्रिय सिमा बन्दलाई साउन ३२ गतेसम्म लम्ब्याएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको मंगलबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
यस्तै भदौ १ देखि छोटो, मध्यम र लामो दूरीका यात्रुबाहक सवारीसाधनहरु सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ साउन २०७७, १९ : ३२
लेखकबाट थप