जनवादी गायक खुशिराम पाख्रिनको बु्धबार चितवनको ज्ञानेश्वर सामुदायीक बनमा तामाङ संस्कार अनुसार अन्त्यष्टी गरिदैं छ । माओवादी केन्द्र का केन्द्रिय सल्लहकार पाख्रीनको हिजो (मंगलवार) भरतपुरमा आयोजित बाम गठबन्धनको जनसभामा गित गाउँदा गाउँदै पाख्रिनलाई हृदयघात भएको थियो ।
उनको उपचारको क्रममा नारायणी सामुदायीक अस्पताल भरतपुरमा निधन भएको हो । पाख्रिनको शवलाई बुधबार अन्तिम श्रद्धान्जलिका लागी माओवादी केन्द्रको पार्टी कार्यालय भरतपुरमा राखिएको थियो ।
उनलाई अन्तिम श्रद्धान्जलि व्यक्त गर्न एमाले अध्यक्ष केपी शर्मा ओली,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,बरिष्ठ नेता राम वहादुर थापा बादल,अमिक शेरचन, एमाले नेता,साध्यवहादुर भण्डारी,केशवलाल श्रेष्ठ लगाएतका नेता पार्टी कार्यालय पुगेका थिए ।
पाख्रिनको निधनले पार्टी,नेपालको कम्युनिष्ट आन्दोलन र प्रगतिशील साँस्कृतिक साहित्यकमा अपुरणीय क्षति पुगेको माओवादी केन्द्रले जनाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्धारा जारी विज्ञप्तीमा मार्फत शोकको दुःखद क्षणमा शोकाकूल परिवारमा समवेदना प्रकट गरिएको छ । पाख्रिनको शवलाई अन्तिम श्रद्धान्जली व्यक्त गर्न पार्टी कार्यालयमा सयौंको संङख्यामा नेता कार्यकर्ता उपस्थित भएका थिए । गोरखाको खरीबोटमा वि सं २००९ साल कार्तिक ९ गते जन्मनुभएका पाख्रिनका श्रीमती, १ छोरा र २ छोरी हुनुहुन्छ ।
२ छोरा मध्ये १ छोराको जनयुद्धकै क्रममा २०६१ साल लमजुङमा ज्यान गएको थियो । २०३८ सालमा सगरमाथाको काखबाट भन्ने प्रगतिशील गीतवाट साङगीतिक प्रगतिबादी गीतबाट संगितीक यात्रा आरम्भ गर्नुभएका पाख्रिनका ५ सयभन्दा बढी गीत, रचना प्रकाशित भएका छन् ।
प्रतिक्रिया दिनुहोस