पानीको बहाव उच्च भएसँगै सप्तकोशी ब्यारेजको ४८ ढोका खोलियो

सफल खबर संवाददाता

मंगलबार, ०६ साउन २०७७, ०८ : ४४
पानीको बहाव उच्च भएसँगै सप्तकोशी ब्यारेजको ४८ ढोका खोलियो

काठमाडौं । अविरल वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेपछि ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ ।
सप्तकोशीमा पानीको बहाव यसै वर्षकै उच्च बनेको छ । 

मंगलबार बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । यो बहाव यो वर्षको उच्च हो । बहावले खतराको सतह पार गरेकोले तटीय क्षेत्रमा सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस