आँबुरखैरेनीमा पनि पहिरो झर्यो, पृथ्वी राजमार्ग अवरुद्ध

सफल खबर संवाददाता

मंगलबार, ०६ साउन २०७७, ०८ : ३३
आँबुरखैरेनीमा पनि पहिरो झर्यो, पृथ्वी राजमार्ग अवरुद्ध

फाइल फोटो

दमौली । आइतबारदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी र आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिराका कारण राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले दुई ठाउँमा गएको पहिरोका कारण बिहानैदेखि राजमार्ग अवरुद्ध रहेको जानकारी दिनुभयो । पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको र केही समय लाग्ने प्रनाउ तिमिल्सिनाले बताए । ‘दुई ठाउँमा पहिरो गएका कारण राजमार्ग सञ्चालन गर्न केही समय लाग्छ’, उनले भने, ‘करिब ४०-४५ मिनेटसम्ममा राजमार्ग सञ्चालन हुन्छ ।’ राजमार्ग अवरुद्ध हुँदा पोखरा र मुग्लिङतर्फबाट आउँदै गरेका सवारी साधन रोकिएका छन् । 

निरन्तरको झरीका कारण जिल्लाका केही ठाउँमा घरहरु जोखिममा परेको प्रहरीले जनाएको छ । सोमबार राति केही घरहरुमा क्षति पुगेको भए पनि विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यस्त, आइतबार रातिदेखि परेको अविरल वर्षाले पृथ्वी राजमार्गको चितवन सिमानामा रहेको खहरे मौवा खोलाले मुख्य राजमार्गको पुल जोड्ने सडकको केही भाग बगाउँदा आवागमन रोकिएको हो ।

खोलाले धादिङतर्फ पुलको ढलानसँग जोडिएको करिब ५ मिटर सडक बगाएपछि चितवनसँगको आवागमन प्रभावित भएको छ । बगाएसंगै काठमाडौको अवागमन ठप्प बनेको छ ।

प्रतिक्रिया दिनुहोस