‘मेरो मनले यहि भन्छ’ बोलको गीत सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, ०४ साउन २०७७, १० : ५२
‘मेरो मनले यहि भन्छ’ बोलको गीत सार्वजनिक

चितवन । डेढ दशकदेखि साहित्य र संगीत क्षेत्रमा अनवरत रुपमा लागिरहेका युवा निर्दोष जीवनले लेखेको ‘मेरो मनले यही भन्छ’ बोलको गीत हालै सार्वजनिक भएको छ । 

गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत दिएका छन् भने गायिका बिना सेन्चुरीले आवाज दिएकी छन् । 

साहित्य र संगीत जीवनको एउटा पाटो समेत हो भनेर भन्न रुचाउने निर्दोष जीवनले थुप्रै पुरस्कार तथा सम्मान समेत पाइसकेका छन् ।

उनले नेपाली साहित्यका प्राय जसो सबै बिधामा कलम चलाउने गरेका छन् । कथा, उपन्यास, गजल, गीत, हाइकू, मुक्तक लगायत उनको संगीत क्षेत्रमा पनि उत्तिकै दखल छ ।

आगामी कृति उपन्यास ल्याउने तयारी गर्दै गरेका निर्दोष जीवनको अहिलेसम्म करिब ४ दर्जन भन्दा धेरै गीत तथा गजल रेकर्ड समेत भएर बजारमा आइसकेका छन् । उनले दर्जनौं गीत, गजलमा आवाज र संगीतसमेत दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस