सचिवालय बैठकलगत्तै ओली र प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवासमा

सफल खबर संवाददाता

शनिबार, ०३ साउन २०७७, १९ : ५७

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकमा पार्टीभित्रको पछिल्लो विवादबारे सहमति नजुटेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका छन् ।

शनिबार बालुवाटारमा करिब ५ घन्टा बसेको सचिवालय बैठक सकिएलगत्तै ओली र दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् ।

पार्टी विवाद सुल्झाउने महत्वपूर्ण निर्णय हुँदा ओली र दाहाल एकैसाथ राष्ट्रपतिकहाँ जाने गरेको विगत छ ।

प्रतिक्रिया दिनुहोस