चितवन । नारायणगढ रोटरी क्लब र स्ट्याण्डर्ड चार्टर्ड बैंक, भरतपुर शाखाको संयुक्त आयोजनामा आज एक कार्यक्रम बिच माडी नगरपालिका, वडा नं ३ मा अवस्थित माडी माध्यमिक विद्यालयमा छ थान ब्रान्डेड डेस्कटप कम्प्यूटर, हातधुने पानीट्याङ्कीका साथै एकथान शुद्ध खानेपानीको लागि सयेर फिल्टर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ ओझालाई विद्यार्थी अभिभावक संघका अध्यक्ष श्री नवल किशोर चौधरी र सहायक प्रधानाध्यापक राजन काप्mलेको उपस्थितीमा क्लबका अध्यक्ष अनुकुल श्रेष्ठ तथा स्ट्यान्डर्ड चार्टर बैंक, भरतपुर शाखाका प्रवन्धक निवेश श्रेष्ठले संयुक्तरुपमा हस्तान्तरण गर्नुभयो ।
स्वार्थभन्दा माथि सेवाको भावनाले समाज सेवामा अठार वर्षदेखि निरन्तर अगाडि बढिरहेको नारायणगढ रोटरी क्लबले माडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत सरसफाई अन्तर्गत स्वच्छ र सफा शौचालय निर्माण कार्य समेत सम्पन्न गरिसकेको कार्यक्रम संयोजक तथा क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर इन्जिनियर गुणेश्वर महतो बताउनुभयो । माडी माध्यमिक विद्यालयको कम्प्यूटर सम्बन्धि आन्तरिक कार्यहरू सम्पन्न गर्न तथा शिक्षक एवम् विद्यार्थीहरूलाई पाठ्यक्रम बाहेकका पनि बाह्य जानाकारीहरू सहजै प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले विद्यालयलाई छ थान ब्राण्डेड डेस्कटप कम्प्यूटर सहयोग प्रदान गरेको क्लबका अध्यक्ष अनुकुल श्रेष्ठले बताउनुभयो ।
यसैगरी वाइन टु वाटर–नेपालको सहकार्यमा आजै कोरोना प्रभावितहरूका लागि माडीमा स्थापना गरिएको सात वटा विभिन्न क्वारेन्टिनहरूका साथै कसरा चेकपोस्ट, बगडी चेकपोस्ट र गर्दि आयुर्वेदालयलाई हातधुने पानी ट्याङ्की र सयेर वाटर फिल्टर वितरण गरिएको क्लबका निवर्तमान अध्यक्ष सुुसनलाल प्रधानले बताए । क्लबका सचिव दिलीपकुमार तामाङले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ का एसिस्टेन्ट गभर्नर रोटरियन रमेश श्रेष्ठ, वाइन टु वाटर–नेपालका प्रविण वि.क., नारायणगढ रोटरी क्लबका पूर्व अध्यक्षहरू मनोज प्रधान, अरुणकुमार पिया, चुननारायण श्रेष्ठ, विज्ञानलाल श्रेष्ठ, २०२०÷२१ का लागि निर्वाचित अध्यक्ष अरुणकुमार खनाल, कोषाध्यक्ष विमल श्रेष्ठ, सदस्यहरू सेवन पन्त, किरण आचार्य लगायत स्ट्याडर्ड चार्टर्ड बैंक, भरतपुर शाखाको तर्पmबाट शारदा शर्मा, नयन श्रेष्ठ र विशाल चौधरीको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ साउन २०७७, १७ : १७
लेखकबाट थप