कञ्चनपुर । भन्सार छलेर ल्याउँदै गरेको रु १४ लाख मूल्य बढीको अवैध कपडा प्रहरीले बरामद गरेको छ । गए राति प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भीमदत्तनगर बजार क्षेत्रबाट कपडा र विद्युत्का सामान बरामद गरेको हो ।
भन्सार छलेर म १ च ३२९ र म १ च ३२३ नम्बरका दुई वटा सवारीसाधनमा रु १४ लाख नौ हजार ९५० मूल्य बराबरको ल्याउँदै गरेको कपडा र विद्युत्का सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
भारतबाट भन्सार छलेर कपडा र विद्युत्को सामान ल्याउँदै गरेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोली सो सामान र सवारीसाधन बरामद गरेको उनले बताए । बरामद सामान, सवारीसाधन र चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०२ साउन २०७७, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङमा झण्डै ७ करोडको अवैध सामान बरामद, ट्रकधनीसहित तीन जना पक्राउ
दसैँ–तिहारमा झन्डै १ करोड बराबरको अवैध सामान बरामद
रुपन्देहीमा ३० वटा आइफोनसहितका सामान बरामद
एक सातामै रुपन्देहीबाट लाखौको अवैध सामान बरामद
नौ लाख बराबरको भन्सार छलीका सामान बरामद
सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद