रुपन्देहीमा ३० वटा आइफोनसहितका सामान बरामद

सफल खबर संवाददाता

मंगलबार, ०६ कार्तिक २०८१, १६ : ३५
रुपन्देहीमा ३० वटा आइफोनसहितका सामान बरामद

बुटवल । रुपन्देहीमा अवैध रूपमा ल्याइएका ३० वटा आइफोन प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ओमसतिया गाउँपालिका–४ बालापुरबाट आइफोनसहितका सामान बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली ल्याएको अवस्था मोबाइल बरामद गरिएको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जित सिह राठौरले बताए ।

बरामद गरिएका सामानहरूमा ३० वटा आइफोन, जुत्ता ७० जोर, चकलेट आठ कार्टुन, बुकी पेपर चार बोरा, फूलका बिरुवाहरू ७० केजी रहेको उनले बताए ।

बरामद सामानहरू आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस