सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०८१, १५ : ४०
सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद

सर्लाही। सर्लाहीमा गत असार महिनामा मात्रै रु डेढ करोडभन्दा बढी मूल्यका भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरिएको छ ।जिल्ला प्रहरी कार्यालयले एक महिनामा रु डेढ करोडभन्दा बढी मूल्य पर्ने भन्सार छली गरेर ल्याइएका सामान बरामद गरेको जनाएको हो ।

सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले असार १ देखि ३१ गतेसम्म रु एक करोड ५७ लाख ७२ हजार चार सय ४१ रुपैयाँ बराबरका बिलविजक नभएका सामान बरामद गरेको जानकारी दिए ।सामानहरू विभिन्न समयमा जिल्लाको नेपाल-भारत सीमा क्षेत्रबाट नेपालतर्फ ल्याउँदै गर्दा बरामद भएका थिए ।

बरामद सामाग्री चलन चल्तीअनुसार बजार मूल्य कायम गरी आवश्यक कारबाहीको लागि भन्सारमा बुझाउने गरिएको श्रेष्ठले बताए ।यसरी बरामद गरिएकामा किराना सामान, कुखुराका चल्ला, मेसिनरी तथा सवारीका पार्टपुर्जा, इलोक्टिोनिक्स सामान र लत्ताकपडा रहेका छन् ।

 

 

 

 

 

 

 

सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधनसमेत नियन्त्रणमा लिएर भन्सारमा बुझाएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस