रौतहट । हिन्दुहरूको महान् पर्व बडादसैँदेखि तिहारसम्मको अवधिमा रौतहट स्थित प्रहरी गस्ती टोलीले झन्डै १ करोड मूल्य बराबरको भन्सार छलीको विभिन्न सामान बरामद गरेको छ।
तस्करीको सामान ओसारपसारमा प्रयोग गरिएको तथा काजगपत्र नभएको दर्जनौँ सवारी साधन प्रहरी गस्ती टोलीले बरामद गरेको हो।
रौतहट प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा गत असोज १ गते देखि कार्तिक १८ गते सम्म डेढ महिनाको अवधिमा जिल्ला प्रहरी तथा मातहतको युनिटले कुल ९८ लाख,५७ हजार २७२ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको सूचना अधिकारी इन्स्पेक्टर उमाशङ्कर प्रसादले बताए।
सोही अवधिमा तस्करीमा प्रयोग गरिएको तथा कागजपत्र नभएको ३९ थान मोटरसाइकल १ थान साइकल र दुईथान जिप बरामद गरी जिल्ला भन्सार कार्यालय गौरमा दाखिला गरिएको छ। त्यस्तै तस्करीमा संलग्न २० जना मानिस ,विभिन्न मुद्दाका फरार ५७ जना फरार प्रतिवादी र लागु औषध मुद्दामा संलग्न ४ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० कार्तिक २०८१, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङमा झण्डै ७ करोडको अवैध सामान बरामद, ट्रकधनीसहित तीन जना पक्राउ
रुपन्देहीमा ३० वटा आइफोनसहितका सामान बरामद
एक सातामै रुपन्देहीबाट लाखौको अवैध सामान बरामद
नौ लाख बराबरको भन्सार छलीका सामान बरामद
सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद
प्रहरीद्वारा एक करोडको सामान बरामद