१८ जनामा  कोरोना देखिएपछि एक साताका लागि गैंडाकोट नगरक्षेत्र बन्द हुने

सफल खबर संवाददाता

विहीबार, ०१ साउन २०७७, १८ : १२
१८ जनामा  कोरोना देखिएपछि एक साताका लागि गैंडाकोट नगरक्षेत्र बन्द हुने

नवलपुर । एक साताका लागि गैंडाकोट नगरक्षेत्र बन्द गरिएको छ । गैंडाकोट नगरपालिकाले आज सूचना जारी गरी भोलि २ गतेदेखि लागु हुनेगरी एक साताका लागि नगरक्षेत्र बन्द गरिएको जानकारी गराएको हो ।

गैंडाकोटमा एकै दिन ५ जना प्रहरीसहित १८ जनामा कोरोना भाइरस देखिएपछि यस्तो निर्णय गरेको हो । नगर क्षेत्रमा भोलिदेखि निकै कडा गरिने नगर प्रमुख छत्रराज पौडेलले बताए ।
यस्तो छ नगरपालिकाले जारी गरेको सूचना ।

प्रतिक्रिया दिनुहोस