गत आवमा सरकारको खर्च : कुल १० खर्ब ८७ अर्ब, असारमा मात्रै २ खर्ब ७ अर्ब

सफल खबर संवाददाता

विहीबार, ०१ साउन २०७७, १३ : ५३
गत आवमा सरकारको खर्च : कुल १० खर्ब ८७ अर्ब, असारमा मात्रै २ खर्ब ७ अर्ब

फाइल फोटो

काठमाडौँ । आर्थिक वर्षको अन्तिम महिना असारमा बढी खर्च गर्ने सरकारी परिपाटीले गत आर्थिक वर्षमा पनि निरन्तरता पाएको छ ।

गत आवमा सरकारले गरेको कुल खर्च कुल १० खर्ब ८७ अर्बमध्ये असारमा मात्रै २ खर्ब ७ अर्ब रुपैयाँ खर्च भएको छ ।

गत आवमा ८२ दशमलव १८ प्रतिशत चालु खर्च र पुँजीगत खर्च ४७ प्रतिशत मात्र भएको छ । अनुदानबाट गत वर्ष १८ अर्ब ४२ करोड प्राप्त भएको छ भने गैरकर शीर्षकमा ९३ अर्ब ७२ करोड राजस्व संकलन भएको छ ।

गत आवमा आन्तरिक राजस्व विभागले ३ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्षको अन्तिम दिन बुधबार मात्रै १८ अर्ब राजस्व संकलन भएको हो ।

भन्सारले ३ खर्ब ५ अर्ब राजस्व संकलन गरेको छ । भन्सार विभागले असारको अन्तिम दिन बुधबारमात्रै २ अर्ब ६० करोड राजस्व संकलन गर्‍यो ।

प्रतिक्रिया दिनुहोस