सुनको मूल्य तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार

सफल खबर संवाददाता

विहीबार, ०१ साउन २०७७, १० : ५८
सुनको मूल्य तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा रु १०० रुपैयाँले घटेको छ । बुधबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
महासंघका अनुसार बिहीबार तेजावी सुन तोलामा ९२ हजार २६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस