सत्तारुढ ‘नेकपा’ का दुवै अध्यक्ष बिच आज निर्णायक वार्ता

सफल खबर संवाददाता

बुधबार, ३१ असार २०७७, ०८ : ५०
सत्तारुढ ‘नेकपा’ का दुवै अध्यक्ष बिच आज निर्णायक वार्ता

काठमाडौँ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बिवादले उग्र रुप लिइरहेको बेला आज दुई अध्यक्षबीच निर्णायक बार्ता हुने भएको छ ।

हिजो दुई अध्यक्षबीच बार्ता हुने भनिएपनि प्रधानमन्त्री समेत रहनु भएका कार्यकारी अध्यक्ष केपी ओली दिनभरको दौडधुपले थाकेको बताएपछि बालुवाटार पुगेर (प्रचण्ड) बिना बार्ता फिर्ता हुनुभएको थियो ।

आज दुबै अध्यक्षबीच आज हुने बार्ता निर्णायक हुने र दुवै अध्यक्षले सहमतिपत्रमा हस्ताक्षर गर्ने बालुवाटार स्रोतले दाबी गरेको छ ।  पार्टी फुटको संघारमा पुगेको बेला दोस्रो पुस्ताका नेताहरुले शीर्ष नेताहरुलाई दवाव दिएपछि पार्टी भित्रको बिवाद हाललाई केही हद सम्म समाधान भएको बताईएको छ ।

यद्यपी प्रधानमन्त्री ओलीको पछिल्लो पटक विवादित अभिव्यक्तीले पार्टी भित्र यस विषयमा पनि थप बहस हुन सक्ने श्रोतको दाबी छ । सचिवालय र स्थायी समितिका बहुमत सदस्यले प्रधानमन्त्री ओलीले पार्टी तथा सरकार दुवै चलाउन नसकेको भन्दै  पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीबाट राजिनामा दिन ओलीलाई दवाव दिएपछि पार्टी फुटको संघारमा पुगेको थियो । दुवै अध्यक्ष बिच भएको वन टु वन वार्ताले पार्टी फुट्ने सम्भावना तत्काल टरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस