‘नेकपा’ फुट्नबाट जोगिएकै हो ? के भन्छन् नेताहरु....

सफल खबर संवाददाता

सोमबार, २९ असार २०७७, १० : ३५
‘नेकपा’ फुट्नबाट जोगिएकै हो ? के भन्छन् नेताहरु....

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा १० असारदेखि नेकपाको स्थायी समिति बैठक जारी छ । ११ गते एक दिन स्थगित गरी १२ र १३ गते दुई दिन सिमा समस्या र समाधानका विषयमा नेताहरुले दुई दिन धारणा राखे । १४ र १५ गते दुई दिन बैठक स्थगित भयो । त्यही बीच प्रधानमन्त्री ओलीले भारतले आफुलाई हटाउन षडयन्त्र गरेको र त्यसमा कतिपय नेताहरु पनि प्रयोग भईरहेको अभिब्यक्ति दिए । 

त्यसपछि मोडियो, नेकपाको बैठक प्रधानमन्त्रीको अभिब्यक्ती तर्फ । असार १६ गतेको बैठकमा प्रधानमन्त्री ओलीले दिएको अभिब्यक्ती पछि पार्टीका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल देखि उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित अन्य स्थायी समिति सदस्य सम्मले ओलीले अब पार्टी र सरकार दुवै चलाउन नसक्ने बताए । 

अनि मागे, राजीनामा....
असार १७ गते थप नेताहरुले बोले । ५ जना नेताले बोलेपछि त्यो दिन पनि बैठक धेरै लम्बिन सकेन् । १८ असारमा भने दुई नेताले मात्र बैठकमा के धारणा राखेका थिए, बालुवाटारकै अर्काे कोठामा प्रधानमन्त्रीले मन्त्रीपरिषद्को बैठक राखेर संसदको जारी बजेट अधिवेशन एकाएक अन्त्य गर्ने निर्णय गरे । त्यसपछि शुरु भएको वाकयुद्ध र आरोप प्रत्यारोप राष्ट्रवादी र राष्ट्रघाती सम्मको फजुल आरोप प्रत्यारोपमा नेकपा घुमिरह्यो ।  

त्यसपछि केही दिन उत्र्कषमा पुगेको विवादका बीच अहिलेसम्म ४ पटक स्थायी समिति बैठकको मिति तोकिने र स्थगित हुने क्रम चलिरहेको छ । अब साउन २ गतेका लागि बैठक बोलाईएको छ । तर यो बीचमा भने नेतााहरुको सम्वाद चलेको त छैन तर एकाएक पार्टीभित्रको विवाद भने मथ्थर भएको जस्तो देखिदैछ । आखिर के अब नेकपाभित्रको विवाद मिलेको हो ? अनि प्रधानमन्त्री माथी पार्टीभित्रै देखा परेको संकट अब टरेको हो ?  तर नेकपाका नेताहरुका यस विषयमा आ–आफ्नै धारणा छन् । 

पार्टी झण्डै झण्डै विभाजन हुने अवस्थामा रहेको टिप्पणी भईरहेका बेला ओली र प्रचण्ड दुवैले आन्तरिक समस्या सम्बादबाटै समाधान निस्कने, पार्टी विभाजनको खतरा अब नरहेको जस्ता टिप्पणी गरेका छन् । यसले देखाउँछ, अब नेकपाभित्रको विवाद समाधान उन्मुख छन् । तर त्यसो हो भने सहमति के मा कसरी भयो ? यसमा भने नेताहरुका आ–आफ्नै तर्क छन् । प्रधानमन्त्री ओली निकट नेताहरु प्रधानमन्त्रीको अब दुवै पदबाट मागिएको राजीनामा टरेको छ । ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा रहिरहनु हुनेछ ।

त्यसो हो भने राजीनामा माग गर्ने नेताहरु आफनो मागमा लचक बनेका हुन् ? माधव नेपाल र प्रचण्ड पक्षका नेताहरुका कुरा सुन्दा त्यस्तो पनि देखिदैन । पार्टी विभाजन कुनै पक्षबाट पनि नगर्ने सहमति बनेको तर अन्य विषयमा अझैं सहमति जुटेको छैन, नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सफलखबरसँग भने । पौडेलले भने, कुनै त्यस्तो सहमति जुटि सकेको छैन । पार्टी एकता बचाउदै सम्वादबाटै सहमतिको खोजी गर्दै अगाडी बढने विषयमा मात्र अहिले सहमती छ । अन्य विषयमा कुनै सहमती भईसकेको छैन । 

उनका अनुसार, प्रधानमन्त्री र पार्टी अध्यक्षको राजीनामा लगायतका नेताहरुले उठाएको विषय पार्टीमा अझै छलफलकै क्रममा छ । अहिले बाढी पहिरोका कारण मात्र बैठक सरेको तर बैठकमा छलफलका एजेण्डा बाँकी नै रहेकोले सहमती सम्पूर्ण रुपमा नभएको पौडेलको तर्क छ । तर, ओली निकट प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भने दुई अध्यक्षले पार्टी विवाद मिलाउने दिशामा गम्भिर छलफल भईरहेको बताए ।

प्रचण्ड चितवनबाट आज काठमाडौं फर्केपछि दुई अध्यक्षका बीचमा छलफल हुने प्रचण्ड निकट एक स्थायी समिति सदस्यले बताए । उहाँ आज काठमाडौं फर्केपछि दुई अध्यक्षका वीचमा छलफल हुनेछ, अहिले नै कुरा मिलीसकेको जसरी प्रचार भईरहेको छ, त्यस्तो छैन, ति नेताले भने । 

प्रतिक्रिया दिनुहोस