काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘हामी दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । हाम्रा बीचमा कुनै समस्या छैन,’ गृहमन्त्री लेखकले भने, ‘सरकारमा कुनै बाधा, व्यवधान अप्ठेरा छैनन् । आ–आफ्नो मन्त्रालयमा थप कसरी राम्रो काम गर्ने भन्ने कुरामा छलफल भएको छ ।’
साथै, उनले सबै मन्त्रीहरूले पार्टीमा आ–आफ्नो मन्त्रालयका बारेमा ब्रिफिङ गरेको जानकारी गराए । ‘सबै मन्त्रीले आ–आफ्नो मन्त्रालयमा के के काम भइरहेको छ भन्नेबारे ब्रिफिङ गरिरहनुभएको छ,’ गृहमन्त्री लेखकले भने, ‘मन्त्रीजीहरूसमेत उपस्थित भएर छलफल भएको छ । अत्यन्त राम्रो र सौहार्दपूर्ण ढंगले छलफल भएको छ ।’
सबै मन्त्रीहरूबाट एमालेसँग भएको ७ बुँदे समझदारी अनुसार अघि बढ्न केन्द्रीत हुनुपर्ने भनाइ आएको उनले जानकारी गराए । ‘सबै माननीय मन्त्रीज्यूहज्ञबाट आएको कुरा भनेको ७ बुँदे समझदारी अनुसार यो समीकरणलाई अघि लिएर जाने कुरामै हामी केन्द्रीत हुने हो,’ उनले भने, ‘दोस्रो सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढीभन्दा बढी सेवा राम्रोसँग प्रवाह गर्ने, आर्थिक सुशासन कायम गर्न केन्द्रीत भएर काम गर्ने कुरा भएको छ ।’
नेपाली कांग्रेस र एमालेको सहमति अनुसार अघि बढ्न सभापति देउवाले निर्देशन दिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ माघ २०८१, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीद्वारा नेकपा एसको कार्यालय निरीक्षण
तीनकुने क्षेत्रको अनुगमनमा गृहमन्त्री लेखक
९० वर्षभन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने
गृहमन्त्रीको प्रश्न– पूर्वविशिष्टलाई कानून नबनाई सुविधा दिने कि संसदबाटै नदिने निर्णय गर्ने ?
विपद् व्यवस्थापनको अधिकार प्रदेशलाई दिइसक्यौँ : गृहमन्त्री लेखक
गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा पूर्वराजा हौसिन आवश्यक छैनः गृहमन्त्री लेखक