काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर बिहान आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका वर्षा हुने जनाएको छ । शाखाका अनुसार अहिले अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
मौसमविदका अनुसार शुक्रबार दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रही थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराईँ भूभाग नजिक रहेको छ । शुक्रबार राति देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असार २०७७, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी प्रदेशमा वर्षादेखि हिमपातसम्मको सम्भावना
आजको मौसम : सातै प्रदेशमा सामान्य वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा हल्का वर्षादेखि हिमपातको सम्भावना