ब्रासिलिया । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । ६५ वर्षीय राष्ट्रपति बोलसोनारोले मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू कोरोना भाइरसबाट संक्रमित भएको बताएका हुन् । सोमबार उच्च ज्वरो आएपछि उनले कोरोना भाइरसको परीक्षण गराएका थिए ।
मंगलबार आएको रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको हो । आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिँदै उनले भने, ‘डराउनुपर्ने कुनै कारण छैन । यही हो जीवन । जीवन यसरी नै चल्छ ।’ राष्ट्रपति बोलसोनारोले यसअघि पनि पटक–पटक कोरोना भाइरसबाट डराउनु नपर्ने बताउँदै आएका छन् । उनले कोरोना महामारीलाई पटक–पटक सामान्य रुपमा मात्रै लिएको अभिव्यक्ति दिइरहेका छन् । उनले कोरोना भाइरसको संक्रमणलाई सामान्य ज्वरोको पनि संज्ञा दिएका थिए ।
उनले सामाजिक दूरी राख्नुपर्ने चिकित्सकको सल्लाहलाई पनि पटक–पटक मजाकमा उडाएका छन् । कोरोना संक्रमणका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित मुलुक ब्राजिल हो । र पनि उनले यसलाई सामान्य रुपमा लिन आग्रह गरिरहेका छन् । ब्राजिलमा मंगलबार बेलुकासम्म १६ लाख २३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । संक्रमण पुष्टि भएकामध्ये ब्राजिलमा १० लाख ६२ हजारभन्दा बढी निको भएका छन् ।
ब्राजिलमा गत मार्चमा पहिलो संक्रमण पुष्टि भएको थियो । त्यसपछि भने लगातार संक्रमण बढेको बढ्यै गऱ्यो । कोरोना संक्रमण व्यापक रुपमा फैलिए पनि राष्ट्रपति बोलसोनारोले राजनीतिक सभा सम्मेलनमा सहभागी भए । त्यो पनि कहिले गलत तरिकाले मास्क लगाएर त कहिले मास्क नै नलगाई सभा सम्मेलनमा सहभागी भएको भन्दै उनको व्यापक आलोचना भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २४ असार २०७७, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति रामचन्द्र पौडेल धरान जाँदै
जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् : राष्ट्रपति पौडेल
राष्ट्रपतिले लिए मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यबारे जानकारी
अर्थमन्त्री पौडेललाई भेट्न राष्ट्रपति कीर्तिपुर जाँदै
सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्छ : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण