वामदेव गौतमलाई राष्ट्रपतिले शितल निवास बोलाएर फेरी के भनिन् ?

सफल खबर संवाददाता

शनिबार, २० असार २०७७, ०८ : ५९
वामदेव गौतमलाई राष्ट्रपतिले शितल निवास बोलाएर फेरी के भनिन् ?

काठमाडौं । राष्ट्रपति देशका अभिभावक हुन् । उनले तटस्थताको भूमिका निर्वाह गर्नुपर्छ । कसैको पक्षधरता देखाउन हुन्न । तर सत्तारुढ दल नेकपाभित्रको आन्तरिक राजनीतिक अन्तरसंर्घषमा उनले सिधै हस्तक्षेपकारी भूमिका निर्वाह गदै आईरहेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गुट समुहमा रहेर तत्कालिन एमालेको उपाध्यक्ष समेत बनेकी राष्ट्रपति भण्डारीले राष्ट्रपति भएपछि पनि ओली गुटको राजनीति त्याग्न सकेकी छैनन् ।

त्यसको ज्वालन्त उदाहरण उनले नेकपाभित्रको पछिल्लो अन्तरसंर्घषमा समेत प्रत्यक्ष, अप्रत्यक्ष रुपमा देखाईरहेको हस्तक्षेपकारी भूमिकालाई लिन सकिन्छ ।  प्रधानमन्त्रीले पार्टीभित्र अल्पमतमा परेपछि र उनको आफ्नै कार्यशैलीका कारण पार्टीभित्र नै राजीनामाको माग उठेपछि जारी स्थायी समिति बैठकमा कुनै रुची देखाईरहेका छैनन । आफ्नै सरकारी निवासभित्र उनकै सहमतिमा बोलाईएको स्थायी समिति बैठकमा आफुलाई मन लाग्दा जाने, बोल्ने र हिड्ने गर्दै आएका ओली अबको स्थायी समिति बैठकमा जाने सम्भावनै देखिएको छैन् ।

तर उनले राष्ट्रपतिसँग बढाएको हिमचिम, राष्ट्रपतिले ओलीको रुचीका आधारमा नेकपा नेताहरुलाई बोलाएर गर्न थालेको छलफलले राष्ट्रपति नेकपाभित्रको विवादमा ओलीको बचाउमा खुलेर लाग्न थालेकी छिन् ।  प्रसंग हो ( हिजो शुक्रबारको । राष्ट्रपति भण्डारीले ओलीको सत्ता संकट टार्नका लागि नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई शितल निवास बोलाएर छलफल गरेकी छिन् । गौतमलाई उनले ओलीलाई पार्टीभित्रको विवादमा साथ दिन निक्कै आग्रह गरिन् । पार्टीभित्र ओली पछिको उत्तराधिकारी गौतमलाई बनाउने सम्मका आश्वासन दिइन् ।

राष्ट्रिय सभामा सरकारले सिफारिस गरेर आफुले मनोनित गर्ने सिटमा गौतमलाई नै ल्याउने देखि उपप्रधान तथा रोजेको मन्त्रालय समेत दिएर सरकारमा लाने सम्मका योजनापनि राष्ट्रपतिले गौतमलाई सुनाइन् । र भनिन्, तपाईले अहिले प्रचण्ड माधव नेपालसँग लहसिने होइन, प्रधानमन्त्रीलाई सहयोग गरेर पार्टी एकता पनि जोगाउने र प्रचण्ड, माधव नेपाल सहितको पार्टीलाई नेतृत्वदायी भूमिका खेल्ने हो । 

गौतमलाई यस अगाडी पनि ओलीले ११ असारमा बालुवाटार बोलाएर फकाउन खोजेका थिए । निवाचन नै लडने भएपनि कहाँबाट लड्ने भन्नुहोस अब त्यो ब्यवस्था मिलाउछु, चुनावी सरकारको नेतृत्व गर्न दिने गरी प्रधानमन्त्री बनाउन पनि आफु तयार रहेको भन्दै ओलीले गौतमलाई फकाउने प्रयास गरेका थिए । तर अहिले गौतमले ओलीलाई साथ नदिने खुल्ला बताएपछि ओली रन्थनिएका छन् । पार्टीमा ओली अहिले एक्लै परेका छन् ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र ओली क्याबिनेटकै गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा (बादल) सम्म एकातर्फ लागेपछि ओली संकटमा परेका छन् । पार्टी निर्णय मान्ने र सहमति गरेर जाने तिर ओलीको अनिच्छा देखिएको छ । उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछोडने बरु आवश्यक परे अध्यादेश ल्याएरै भएपनि पार्टी विभाजन गर्ने तयारी पूरा गरिसकेका छन् ।  पार्टीमा अप्ठयारोमा परेपछि मध्यरात आफु निकटका युवा र विद्यार्थीका नेताहरुलाई बालुवाटारमा बोलाएर उनले सडकमा आफनो पक्षमा नाराजुलुश गर्न समेत ओलीले लगाईसकेका छन् ।

युवा संगठनका रमेश पौडेल र अखिलका ऐन महर लगायत नेतालाई मध्यराती ११ बजे बालुवाटार बोलाएर सडक प्रर्दशन देशभर आफ्नो पक्षमा गराउन लगाउन निर्देशन दिएका थिए । त्यही अनुसार ओली पक्षधरले अहिले आफ्ना कार्यकर्ता सडकमा उतारेर पार्टी नेताहरुको विरुद्धमा सडकमा प्रर्दशन गराउन थालेका छन् । एकातिर सडकमा आफ्ना कार्यकर्ता निकालेर आफ्नै बचाउमा प्रर्दशन गर्न लगाउने र अर्काेतिर नेताहरुलाई विभिन्न प्रलोभन देखाएर राष्ट्रपति समेतको प्रयोग गरेर फकाउने रणनीति ओलीले छोडेका छैनन् । त्यही क्रममा राष्ट्रपतिले गौतमलाई शितल निवासमा बोलाएर छलफल गरेकी हुन् ।

राष्ट्रपतिले ओलीलाई सघाउन गरेको आग्रहलाई गौतमले चुपचाप बसेर सुनेको र अन्तिममा उठेर हिड्ने बेला यसपटक ओलीलाई साथ दिन नसक्ने भन्दै बाहिरिएका थिए ।  गौतमले राष्ट्रपतिले आफुलाई भेटेको र ओलीलाई सहयोग गर्न ठाडो हस्तक्षेप गरेको विषयमा प्रचण्डलाई पनि जानकारी गराईसकेका छन् । ओलीले महासचिव विष्णु पौडेललाई पनि शुक्रबार साँझ गौतमको निवास पठाएका छन् । ओली निकटका अन्य नेताहरु पनि गौतमको निवास भैंसेपाटीमा अहिले बाक्लो उपस्थिती हुन थालेको छ । तर गौतम यसपटक नडगगमाई पार्टीका अन्य नेताहरुकै साथमा उभिने उनको सचिवालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस