काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोनाको रोकथाम र नियन्त्रणमा तीनवटै तहले समन्वय गरी अघि बढेको बताए छ ।
गण्डकी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग उठेको प्रश्नको जवाफ दिदैं उनले कोरोनाका कारण तीनवटै तहको समन्वय मुखरित भएको र स्थानीय सरकार प्रभावकारी भए भने उनीहरूले तत्काल सेवा प्रवाह गर्न सक्छन् भन्ने कुराको पुष्टि भएको बताए ।
मुख्यमन्त्री गुरुङले असामान्य, असाधारण, जटिल र सङ्कटपूर्ण अवस्थामा बजेट तथा कार्यक्रम प्रस्तुत भएको उल्लेख गर्दै कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाले प्रदेश सरकारको औचित्य प्रमाणित भएको बताए ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगले प्रभावकारिताका साथ काम थालेको बताउँदै उहाँले प्रदेशको समग्र विकासलाई अघि बढाउने योजनाका साथ प्रथम पञ्चवर्षीय योजना बनाएको जानकारी दिए ।
गण्डकी विकास प्राधिकरणको स्थापनाको औचित्यबारे प्रकाश पार्दै उनले प्रदेशको समृद्धि तथा विकासका लागि सार्वजनिक निजी साझेदारीका साथै अन्य किसिमको विकासमा विदेशी तथा निजी लगानी भित्र्याउन यसको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे ।
मुख्यमन्त्री गुरुङले प्रदेश लोक सेवा आयोगका काम अघि बढ्ने उल्लेख गर्दै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई जनताका इच्छा आकाङ्क्षा सम्बोधन गर्ने गरी कार्यविधि व्यवस्थित गरिने बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १८ असार २०७७, २१ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो सरकारले ६ महिनाभित्र देखिने गरी यही काम गर्यो भन्ने छैन : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सञ्जाल विधेयक : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ
जनतालाई अनुभूत हुनेगरी विकास-निर्माणका काममा सरकार क्रियाशील छ : सञ्चारमन्त्री गुरुङ
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छः सञ्चारमन्त्री गुरुङ