काठमाडौं । दाङमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार आज बिहान दुई मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार शान्तिनगर गाउँपालिका–१ का ४८ वर्षीया पवी डाँगीको मृत्यु भएको हो । डाँगीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
तुलसीपुरबाट भमकेतर्फ आउँदै गरेको गरेको रा५प ८०९५ मोटरसाइकल र पश्चिमबाट तुलसीपुरतर्फ जाँदै गरेको रा५प ६५२५ नम्बरको मोटरसाइकल तुलसीपुर–८ अश्वाराको उकालोमा एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १८ असार २०७७, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोटीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु
पाल्पामा जिप दुर्घटनामा हुँदा १ जनाको मृत्यु
कालीकोटको पलाँतामा ट्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १४ घाइते