राजेश भण्डारी
चितवन । भरतपुरस्थित हाकिमचोकको मैदानमा बनाईएको मञ्चमा प्रचण्ड पुत्र प्रकाशका ठुला–ठुला तस्बिर राखिएको थियो । माओवादी अध्यक्ष प्रचण्ड, सिता दाहाल, प्रकाशपत्नी विना मगर समेत उपस्थित सभा निकै भावुक थियो । हृदयघातको आफ्नो छोरो चुँडेको पिडा खप्न नसकेर आमा सिता दाहाल बेला–बेला मुर्छित हुन्थिन्, त्यस्तोमा छोरी रेणु पछाडीको लहरबाट संझाउँथिन् । प्रचण्डले आफुमाथीको बज्रपातलाई कार्यक्रमको अन्तसम्म जसोतसो सहेर बसे, सिता र बिना कार्यक्रम स्थलमा अन्तसम्म रहन् सकेनन् !
‘आज प्रचण्ड बोल्न सक्नुहुन्न, उँहाका तर्फबाट मैले भने, मैले भनेको कुरा उँहाका पनी हुन्’ ओलीले भेन, ‘हामी दुवैले भन्यौं चितवनको विकास भयो भयो, कसैले रोक्न सक्दैन् !
त्यस्तोमा मंगलबारको चुनावी सभालाई प्रचण्डको तर्फबाट एमाले अध्यक्ष केपी ओलिले नै संवोधन गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहाल लाई ‘नयाँ सयमको नयाँ संभवना बोकेको युवा’ को रुपमा ब्याख्या गर्दै ओलीले भने, ‘ प्रकृतीको बिडम्वना कहिलेकाँही हामीले यस्तो पनी देख्नुपर्दोरहेछ, नहुनु भैसक्यो धैर्य धारण गरेर अगाडी बढ्नुपर्छ ।’
आफुमाथी यस्तो बज्रपात आउँदा पनी प्रचण्ड देशप्रति दत्तचित्त भएको उल्लेख गर्दै ओलिले भने, ‘यस्तो परिस्थतीमा उहाँले एउटा दृष्टान्तको रुपमा आफुलाई प्रस्तुत गर्नुभएको छ ।’
दशैंको टिकाको दिन पार्टी एकताको निर्णय
माओवादी र एमालेको चुनावी तालमेलको गर्भतिर फर्केका वलीले असोज १४ गते दशैंको टिकाका दिन प्रचण्ड र आफु बिचको छलफलले पार्टी एकताको निष्कर्ष निकालेको बताए । उनले भने, ‘असोज १४ गते अरु टिकाको रमझममा थिए हामी बिहानै देखी १२ बजेसम्म देशकै समस्याको बारेमा छलफल छलफल गर्दै थियौं, त्यहि दिन पार्टी एकता गर्ने निष्कर्षमा पुग्यौं ।’
‘अब यो पार्टी र त्यो पार्टी भन्नु छैन्, चुनावपछी हामी एउटै पार्टी हुन्छौं’ ओलीले यत्ति भनेका मात्र के थिए, दर्शक दिर्घाबाट कर्तलध्वनीका साथमा तालि बज्यो, हाकीमचोक गुलजार भयो !
माओवादी र एमालेका कार्यकर्ताले जहाँ भोट हालेपनी आखिर एउटै टाउँमा आउने उल्लेख गर्दै उनले भने, ‘ध्यु कहाँ पोखियो भातमा ! हामी ईतिहासको पछाडी मात्रै फर्केर बसेर हुँदैन्, ईतिहाँको अँध्यारको कुरा बिर्सेर उज्यालो भविष्यतिर जाने संकल्प गरेका छौं ।’
‘एउटा समय थियो माओवादीले जनयुद्ध चलाएको थियो हातमा हतियार थियो, माओवादी बिरुद्ध कोही बोल्न सक्थेनन्’ विगत संझदै उनले भने, ‘मतभेद भएकाले मैले माओवादीको बारेमा बोल्थेँ, त्यतिवेला हाम्रो पटक–पटक तनाव पनी हुने गरेको थियो ।’
प्रचण्ड र आफुले मात्र देशलाई निकास दिन सक्ने दाबी गरेका ओलीले ५० बर्षसम्म कांग्रेसमा लागेका चितवनका त्रिलोचन पौडेलहरु ‘कांग्रेस काम छैन’ भनेर एमालेमा प्रवेश गरेको बताए ।
‘अहिले गुड्डी हाँक्ने कांग्रेसका नेताहरु २०४६ सालमा कहाँ थिए ?’ ओलिले भने, ‘हिजो आन्दोलनमा हुनेहरु सवै एमालेमा आईसके, कांग्रेस बनाएर चिनाएका गणेशमानले आँसु खसाएर अलग्ग बस्नुभो, कृष्णप्रसादले कांग्रेस काम लाग्दैन भनेर छाड्नुभो !’
‘हाटहुट–लाटलुट हैन, देश बनाउन पाँच बर्ष बामपन्थी सरकार’
२००७ सालयता कुनै पनी सरकार पाँच बर्ष नटिको उल्लेख गर्दै नेता ओलीले पछिल्लो समय तमसुक गरेर पालो पालो सरकार बनाउने अवस्था आएको बताए । उनले भने, ‘अब हामी मिलेपछी त्यो कहाँनी सकियो, स्थितर सरकार दिन्छौं, हाटहुट–लाटलुट हैन देश बनाउनका लागी पाँच बर्ष स्थायी सरकार चलाउँछौं !’
कांग्रेसका केही नेताहरुले कम्युनिष्ट आएपछी उदार अर्थतन्त्र रहँदैन भन्ने गरेको उल्लेख गर्दै नेता ओलीले प्रश्नात्मक शैलीमा भेन, ‘म सोध्न चाहन्छु, भृकुटी कागज काराखाना कहाँ गयो ? छालाजुत्ता कारखाना कता गयो ? ३८ वटा उद्योग बेचेर देश विकास भयो ? उद्योग बेच्ने अनि हाम्रा युवाहरुलाई विदेश पठाउने यिनै तत्व हैनन् ?’
चितवनको नारायणी नदिको किनारमा तटबन्ध गर्ने, पर्यटन क्षेत्रको विकास गर्ने लगायतका चितवनको विकास योजना पस्कँदै ओलिले भने, ‘बामपन्थी सरकार बनेपछी नारायणी नदिलाई दुईतिर बाँध बाँध्न सक्दैन ?’
चितवनको विकासको जिम्मा लिनका लागी प्रचण्ड दुई पटक सरकार चलाएको अनुभव सहित प्रचण्ड आएको उल्लेख गर्दै प्रचण्डका प्रतिस्पर्धी विक्रम पाण्डेलाई उनले सोधे, ‘एउटा बाटोको ठेक्का लिए जस्तो हो, देश बनाउने कुरा ?’
प्रतिक्रिया दिनुहोस